राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्वाचित
बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात प्रदेशका सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ । अध्यक्षमा निर्वाचित उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत सञ्चालक निर्वाचित भएका थिए ।
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा उप्रेतीले निकटतम प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै जित हात पारेका हुन् । उप्रेतीले अध्यक्षमा पाँच मत प्राप्त गर्दा प्रतिस्पर्धी पौड्यालले दुई मत प्राप्त गरे ।
बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात प्रदेशका सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था छ । अध्यक्षमा निर्वाचित उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत सञ्चालक निर्वाचित भएका थिए ।