ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्री शाहको सामूहिक छलफल

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ ९इयू० मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गरेका छन् । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीको उपस्थिति छ ।