दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
आफ्नो अभियानको क्रममा पर्सा पुगेका उनलाई गत ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछानेलगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको उनीमाथि आरोप छ ।