सुन तोलाको २ हजार ८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूचीअनुसार सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ ।