विश्वको सबैभन्दा महंगो पैसा !
नेपालमा विभिन्न २१ मुद्रा सटही हुने गर्दछ । सबैभन्दा महंगो मुद्राको रुपमा कुवेती दिनार रहेको छ । कुवेती दिनारलाई बहराई दिनार र ओमानी रियलले पछ्याईरहेका छन् ।
काठमाडौं । के तपाईंलाई थाहा छ, विश्वको सबैभन्दा महंगो पैसा कुन हो ? तपाईंलाई लाग्नसक्छ अमेरिकी डलर वा युरो वा पाउण्ड स्टर्लिङ ? तर, महंगो मुद्राको तुलनामा यी मुद्राको भाउ आधाभन्दा कम छ ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार सबैभन्दा महंगो मुद्रको रुपमा कुवेती दिनार रहेको छ । नेपालमा विभिन्न २१ मुद्रा सटही हुने गर्दछ । कुवेती दिनारलाई बहराई दिनार र ओमानी रियलले पछ्याईरहेका छन् ।
कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ८ पैसा तथा बिक्रीदर ५०० रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । त्यसैगरि कुवेदी दिनारलाई बहराइन दिनारले पछ्याईरहेको छ । बहराईन दिना एकको खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
ओमनी रियलपछिको महंगो मुद्राका रुपमा युके पाउण्ड स्टर्लिङ छ । पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।
आईतबार सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
त्यसैगरी, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३७ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७१ पैसा र बिक्रीदर २३ रुपैयाँ ८० पैसा कायम गरिएको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।