समस्याग्रस्त गौतमश्री सहकारीका ऋण नतिर्नेहरूको नाम सार्वजनिक, यथाशीघ्र ऋण चुक्ता गर्न चेतावनी (सूचीसहित)

हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न र अन्यथा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

काठमाडौं । सरकारले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको २०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार ऋण नतिर्नेहरुको सूची सार्वजनिक गरेको हो । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारीलाई २०८० चैत १३ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । साथै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन पनि भनिएको छ । हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न र अन्यथा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।

यस्तो छ ऋणीहरुको सूची

प्रकाशन भएका दस्तावेजहरू

6a105f971dcdd_1779457943.pdf