महिला मन्त्रालयले पहुँचमुखि सबै अनुदान खारेज गरेको छ : मन्त्री बादी
पहुँच र प्रभावका आधारमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री बादीको स्पष्टिकरण थियो ।
काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आफनो मन्त्रालयले पहुँचमुखि सबै अनुदान खारेज गरेको बताएकी छिन् ।
शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले सो कुरा खुलासा गरेकी हुन् । पहुँच र प्रभावका आधारमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री बादीको स्पष्टिकरण थियो । मन्त्री वादीले काम गर्ने दायरा व्यापक भएपनि आफनो मन्त्रालयमा स्रोत र साधनको सीमितता नै स्थायी चुनौतिको रुपमा खडा भएको पनि तथ्य पनि स्मरण गरिन् । उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारिन् । मन्त्री बादीले मन्त्रालयले बजेट विनियोजनको लागि न्याय, आवश्यकता र प्रभावकारितालाई उच्च प्राथमिकता दिएका पनि बताइन् ।