नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनबाट उनि निर्वाचित भएका हुन् । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरे । त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका वैद्य र प्रधानको जितसँगै महासंघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।