महासंघको वरिष्ठ उपाध्यक्षमा द्धिपक्षीय भिडन्त, ढकालले उम्मेदवारी फिर्ता लिँदा संघई र वैद्यबीच प्रतिस्पर्धा
अब वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुने छ । निवर्तमान अध्यक्ष चन्द्र ढकालका पक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका ढकालले निर्वाचन नलड्ने भएका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धा त्रिपक्षीय नभएर द्धिपक्षीय हुने भएको छ ।
वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएसँगै द्धिपक्षीय प्रतिस्पर्धा हुन लागेकेा हो । अब वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुने छ । निवर्तमान अध्यक्ष चन्द्र ढकालका पक्षबाट वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका ढकालले निर्वाचन नलड्ने भएका हुन् ।
संघईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अभिज्ञा मल्ल छन् । यस्तै वैद्यको प्रस्तावकमा कृष्णप्रसाद शर्मा र समर्थकमा रविन पुरी छन् ।
यस्तै कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधानले उम्मेदवारी दिएका छन् । जसमा पौडेलको प्रस्तावकमा बाबुकाजी कार्की र समर्थकमा भक्त बहादुर हमाल रहेका छन् पौडेलको प्रस्तावकमा दिलसुन्दर श्रेष्ठ र समर्थकमा नानीराज घिमिरे रहेका छन् ।