सुन र चाँदी दुबैको मूल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।