डाबर नेपालको ‘मह’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादित २०२५ डिसेम्बरको सो उत्पादनको उपभोग्य अवधि १८ महिना रहेको सूचनामा उल्लेख छ ।

काठमाडौँ । डाबर नेपालद्वारा उत्पादित ‘डाबर हनी’ को एक ब्याच गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न सरकारले आदेश दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ५०० ग्रामको ‘हनी’ (ब्याच नं. एनबी००४७७०) खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।

प्रयोगशाला परीक्षणमा उक्त व्याचको महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२०) बमोजिम बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको हो ।

यसैगरी, विभागले सोही ऐनको उपदफा (४) बमोजिम उक्त व्याच नम्बरको मह बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित सबैलाई सूचित गरेको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादित २०२५ डिसेम्बरको सो उत्पादनको उपभोग्य अवधि १८ महिना रहेको सूचनामा उल्लेख छ ।