सर्वोच्चको आदेशपछि रिहा भएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे काममा फर्किए

पाण्डे मंगलबारबाट नियमित काममा फर्किएका हुन् ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पुन: बैंक फर्किएका छन् । पाण्डे मंगलबारबाट नियमित काममा फर्किएका हुन् । 

 पाण्डेलाई ऋणी स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रियाअन्तर्गत धितो लिलामी कारबाही लगायतका कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रण लिएको थियो । उनलाई सर्वोच्च अदालतले जेठ १ गते रिहा गर्न आदेश जारी गरेको थियो ।