सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९५ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले बढेर ५ हजार ८५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार ४० मा कारोबार भएको थियो ।