संघीय संसदको दुबै सदनको वैठक बस्दै, प्रि-बजेट छलफल हुने
संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जेठ १५ गते सरकारको वार्षिक आय व्यय अनुमान (बजेट) ल्याउने छ ।
काठमाडौँ । आज संघीय संसदका दुबै सदनको वैठक बस्दैछ । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक अपराह्न १३ः१५ बजे बस्ने छ ।
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा अर्थात् प्रि-बजेट छलफल जारी रहने सम्भावित कार्यसूची छ । प्रस्तावमा सोमबारदेखि छलफल सुरु भएको थियो ।
वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबार अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यतालिका छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जेठ १५ गते सरकारको वार्षिक आय व्यय अनुमान (बजेट) ल्याउने छ ।