हिमालयन बैंकमाथि राष्ट्र बैंकको कारबाही, सुधारात्मक कदम चाल्न सञ्चालकले गरे कबुलियतनामा
बैंकको सञ्चालक समिति अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ छन् भने सञ्चालकहरुमा जितेन्द्र धिताल, आशिष शर्मा, प्रतापजंग पाण्डे, ज्यास्मिन हाडा बज्राचार्य र वैकुष्ठ अर्याल छन् । सीइओ भने अशोक शम्सेर जंगबहादुर राणा छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमाथि विभिन्न कसुरमा कारबाही गरेको छ ।
जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा सीमित ऋणीलाई निर्धारित प्रिमियम दरमा ब्याक डेटबाट लागू हुने गरी छुट दिएको र छुट रकम बक्यौता ब्याज र साँवा रकम भुक्तानी गर्न प्रयोग गरेको पाइएपछि केन्द्रीय बैंकले हिमालयनमाथी कारवाही गरेको हो ।
हिमालयन बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण/पुनरसंरचना गरेको, पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जा मध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण/पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
‘केही कर्जालाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, अस्थायी रुपमा लामो समयसम्म ऋणीहरुको भुक्तानी अवधि बढाएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जाअन्तर्गत वर्गीकरण नगरेको पनि राष्ट्र बैंकको आरोप छ । केन्द्रीय बैंकको निर्देशनलाई वेवास्ता गरेको देखिएकोले राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित०) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयनको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको छ। त्यति मात्र होइन केन्द्रिय बैंकले राष्ट्र बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेका कारण सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न कबुलियतनामा गराएको उल्लेख गरेको छ ।
बैंकको सञ्चालक समिति अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ छन् भने सञ्चालकहरुमा जितेन्द्र धिताल, आशिष शर्मा, प्रतापजंग पाण्डे, ज्यास्मिन हाडा बज्राचार्य र वैकुष्ठ अर्याल छन् । सीइओ भने अशोक शम्सेर जंगबहादुर राणा छन् ।
यस्तो छ कारवाहीको व्यहोरा