वैशाखमा घरजग्गा कारोबार १२ प्रतिशतले बढ्यो, ६ अर्ब २६ करोड बढी राजस्व संकलन

वैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने भएको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्षको वैशाखको तुलनामा यस वर्ष वैशाखमा घरजग्गा किनबेच तथा त्यसबाट संकलन हुने राजस्व दुवैमा वृद्धि भएको हो । तथ्यांक अनुसार देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार भएका छन् । 

यो कारोबार संख्या अघिल्लो महिनाको कारोबारको तुलनामा ६.०४ प्रतिशतले बढी हो । चैतमा ५५ हजार ५ सय ३१ संख्यामा घरजग्गा कारोबार भएको थियो । गत वर्ष वैशाख महिनाको तुलनामा यो वर्ष घरजग्गा कारोबार १२.३४ प्रतिशतले बढेको देखिन्छ । गत वैशाखमा देशभर ५२ हजार ४१५ वटा घरजग्गा कारोबार भएको थियो । कारोबारसँगै राजस्वमा पनि वृद्धि भएको छ । चैतमा सरकारले ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलने गरेका थिए भने वैशाखमा घरजग्गा कारोबारबाट ६ अर्ब २६ करोड ३८ लाख रूपैयाँमा संकलने भएको छ ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी सेवा कर, रजिस्ट्रेसन ९दर्ता० दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । सेवा कर बाट मात्र सरकारले बैशाख महिनामा ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ संकलन गरेका छने, रजिस्ट्रेसन बाट ३३ करोड १९ लाख र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलान गरेका छन् ।