नेप्से १.७७ अंक बढेर र २७३१.९४ विन्दुमा, कारोबार रकम भने घट्यो

शुक्रबार नेप्से १.७७ अंक बढेर र २७३१.९४ विन्दुमा पुगेको छ । कुल ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्लो तिन कारोबार दिन देखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने बढेको हो । शुक्रबार नेप्से १.७७ अंक बढेर र २७३१.९४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ । नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । शुक्रबार कुल ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बिहिबार भने ३ अर्ब २९ करोड २ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । 

शुक्रबार ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ । त्यस्तै, मोदी इनर्जीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको यूनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १४.७९ प्रतिशत घटेको छ । त्यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ६ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावर कम्पनीको करिब साढे ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ । 

 आज १२७ कम्पनीको मूल्य बढेको छ भने १२० को घटेको छ । त्यस्तै २२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।