ओरेन्टल को-अपरेटिभका २८४ ऋणीलाई ऋण चुक्ता गर्न अल्टिमेटम, तीनपुस्ते विवरण सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको कार्यालयले यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै २ सय ८४ जना ऋणीको तीन पुस्तेसहितको विवरण सार्वजनिक गरेको छ ।

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को-अपरेटिभका ठूला ऋणीहरूलाई ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको कार्यालयले यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै २ सय ८४ जना ऋणीको तीन पुस्तेसहितको विवरण सार्वजनिक गरेको छ । सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम हुने कार्यालयले जनाएको छ । कार्यालयले यसअघि पनि समस्याग्रस्त विभिन्न सहकारीहरुका ऋणीको तीनपुस्ते विवरण सार्वजनिक गर्दै ऋणीहरुलाई ऋण चुक्ता गर्न दबाब दिँदै आएको छ ।

यस्तो छ ओरेन्टल को-अपरेटिभका ठूला ऋणीहरूको नामावली

प्रकाशन भएका दस्तावेजहरू

6a05e7094a87d_1778771721.pdf