सीईओ पाण्डे पक्राउ प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो ।
काडमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई समेत बोलाएको छ ।पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘ठगी तथा आपराधिक विश्वासघात’ को कसुरमा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो । निवेदक दाहालले भने पाण्डेको पक्राउ गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेकी छन् । सर्वोच्चले अब दुवै पक्षको सुनुवाइपछि यस विषयमा थप आदेश दिने जनाएको छ ।