एनआईएमबी बैंकको कामु सीईओमा महेश शर्मा ढकाल नियुक्त
वैशाख ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । वैशाख ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो ।
हाल उनी बैंकमा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन्। बैंकका सीईओ ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दामा पक्राउ परेसँगै बैंकले कामु सीईओको जिम्मेवारी ढकाललाई दिएको हो ।