विपक्षीले प्रधानमन्त्री खोजिरहेपछि संसद बैठक भोलिसम्मलाई स्थगित
सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दापनि विपक्षी सहमत नभएपछि भोलि बिहान ११ बजे बस्ने गरि बैठक स्थगित भएको घोषणा गरे ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलले सदनमा प्रधानमन्त्री बालेन शाहलाई खोज्दै अवरोध गरेपछि भोलिसम्मलाई स्थगित भएको हो ।
विपक्षीहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र छलफलमा उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि आजलाई सदन स्थगित भएको हो ।
प्रधानमन्त्री शाहले आफ्नोतर्फबाट उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई अघि सारेपनि विपक्षीहरु तयार भएनन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले पटक पटक आग्रह गर्दापनि विपक्षी सहमत नभएपछि भोलि बिहान ११ बजे बस्ने गरि बैठक स्थगित भएको घोषणा गरे । सभामुख अर्यालले दुई पटकसम्म सदन स्थगित गरेर समाधानको पहल लिएका थिए । तर, तेस्रो पटक सञ्चालन गर्न खोजिएको सदनमा पनि विपक्षीले अवरोध कायमै राखेपछि सभामुख अर्यालले भोलीसम्म संसद वैठकनै स्थगित गरेका हुन् । सभामुख अर्यालले सदन सञ्चालनको लागि प्रधानमन्त्रीसँग आफैँ संवाद गर्ने जानकारी दिएका छन् ।