नेप्सेमा लगातार गिरावट, कारोबार रकम घट्दै २ अर्ब ८० करोडमा सीमित
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ । आज २ अर्ब ८० करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काडमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१५ अंक घटेर २७४०.२५ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ०.७० अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले घटेका छन् । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ८० करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मङ्गलबार भने ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज एशियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ । त्यसैगरी, झापा इनर्जीको सेयरमूल्य करिब साढे ९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको करिब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।