अधिक तरलता व्यवस्थापन गर्न ४२ दिनका लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

काडमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४२ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा बोल गरिएको ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने प्रस्तावलाई प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ असार १० गते हुने राष्ट्र बैंकले जनाएको छ ।