रिलायबल समृद्धि योजना- २ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ ।

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले आज (बैशाख २९ गते) देखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ । रिलायबलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको हो । कुल निष्कासनको बिउ पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ, कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ छुट्याइएको छ । यस्तै, निष्कासनको १ प्रतिशतले हुन आउने १० लाख इकाई योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ ।

फण्डको इकाईमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ १२ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल रहेको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।