एमजी एस-६ ईभी सार्वजनिक, मूल्य ६९ लाख ९९ हजार

नेपाली बजारमा एमजी एस-६ ईभी सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमकाबीच नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस-६ ईभी सार्वजनिक गरेको हो ।

यो गाडी ईभी स्पेसियस मिड साइज पारिवारिक एसयूभी हो । यस ईभीमा ७७ किलोवाट आवर अल्ट्रा–थिन ब्याट्री र १८० किलोवाटको शक्तिशाली मोटर छ । फुल चार्जमा ५३० किलोमिटर रेन्ज प्रदान गर्छ। १५० किलोवाट अल्ट्रा फास्ट चार्जरबाट १०–८० प्रतिशत चार्ज हुन ३८ मिनेट लाग्ने कम्पनीको दाबी छ। कार ५.१ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्षम छ।

अल ह्वील ड्राइभ युक्त कारमा पाँच ड्राइभ मोड नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम छ। कारमा १२.८ इन्च एचडी टचस्क्रिन र १०.२५ इन्च ड्राइभर डिस्प्ले दिइएको छ। एमजी एस सिक्स ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी दिइएको छ।

गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सुरक्षाका दुष्टिकोणले पनि एमजीको नयाँ ईभीलाई सुरक्षित मानिएको छ। सुरक्षाका लागि कारले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ।