केरुङ–काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गरिने
काठमाडौं । सरकारले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेलमार्ग सञ्चालनका लागि अध्ययन गर्ने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले चीन र भारतसँग जोड्ने गरी रेल सञ्जालका लागि अध्ययन गरिने बताए ।