गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण संचालन गर्न कूटनीतिक पहल गरिने

आज नीति तथा कार्यक्रममार्फत सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने जनाएको हो ।

काठमाडौं । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आकर्षण बढाउन कूटनीतिक पहल गर्ने भएको छ । आज नीति तथा कार्यक्रममार्फत सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने जनाएको हो । “गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ,” राष्ट्रपति पौडेलले भने । हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीरण गरी भरपर्दो प्रतिस्पर्धी हवाई सेवा विकास गरीने पनि उनले जनाए । 

“नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिनेछ,” राष्ट्रपति पौडेलले भने, “पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आवद्ध गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थलमा इगेट प्रणाली जडान गरी यात्रुको प्रतिक्षा समय घटाइने छ ।”