खर्च कटौती गर्न सार्वजनिक संस्थान गाभ्ने, पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीमा चलाउने
काडमाडौं । सरकारले सार्वजनिक संस्थानमा खर्च कटौतीको नीति लिने भएको छ । यसका लागि संस्थान गाभ्नेलगायत कार्य गरिने भएको हो । त्यसैगरि पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलबाट चल्नेगरी बदल्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।