तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ दिइने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने भएको हो ।
काठमाडौं । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराउने भएको हो ।
सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउने घोषणा गरेको छ ।