प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ ।
प्रधानमन्त्री बालेन साह बैठकमा उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो ।
प्रधानमन्त्री साह यसअघिको बैठकमा पनि सहभागी थिएनन् । आज ११ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रधानमन्त्री नआउने भएपछि आफूहरू सहभागी नभएको संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बताए । बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहेका हुन् ।
गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री साहसँग कांग्रेसले सुकुम्वासी बस्तीमा डोजर लगाएको विषयमा जवाफ मागिरहेको छ। तर, बैठकमा प्रधानमन्त्री नै नआउने भएपनि समिति बस्नुको औचित्य नभएको कांग्रेसको भनाइ छ।