नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेले दिए राजीनामा

कार्यकाल समाप्तिको संघारमा रहेका पाण्डे पछिल्लो समय सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गर्ने प्रक्रियामा मुछिएपछि अनुसन्धानको घेरामा थिए । पाण्डे सन् २०१२ देखि बैंकको सीइओ थिए ।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले राजीनामा दिएका छन् ।

कार्यकाल समाप्तिको संघारमा रहेका पाण्डे पछिल्लो समय सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गर्ने प्रक्रियामा मुछिएपछि अनुसन्धानको घेरामा थिए। पाण्डे सन् २०१२ देखि बैंकको सीइओ थिए । 

बैंक सञ्चालक समितिले हालका डेपुटी सिइओ महेश शर्मा ढकाललाई नयाँ सिइओको जिम्मेवारी दिने तयारी छ ।