सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ थियो। यससँगै सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।
यता, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँ रहेको थियो। पछिल्लो समय चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको महासंघले जनाएको छ।