नेप्से सामान्य अंक बढ्यो, कारोबार भने ३ अर्ब मुनि
बिहिबार नेप्से परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको छ ।
काठमाडौं । बिहिबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । बुधबार सामान्य अंक घटेर बन्द भएको नेपाल स्टक एक्सेन्ज नेप्से आज भने सामान्य अंक बढेर बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ६.९४ अंक बढेर २७१८.१६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ९३ करोड १९लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बुधबार भने ३ अर्ब १९ करोड ७७ लाख रुपैँया बराबरको कारोबार भएको थियो ।
आज स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १२.१९ प्रतिशत बढेको छ । त्यस्तै, श्रीजनशील लघुवित्त वित्तीय संस्था को सेयर मूल्य ४.२९ प्रतिशत बढेको छ ।
कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था को सेयरमूल्य आज सर्वाधिक १३.२४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनी सेयर मूल्य भने स्थिर रहेको छ ।