नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा
बिमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो ।
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा छुटेका छन् । बिमा ऐन, २०७९ अन्तर्गतको कसूर गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो ।
बिमा प्राधिकरणको सिफारिस र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सीआईबीले वैशाख १५ मा श्रेष्ठलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नियन्त्रणमा लिएको थियो ।
विभिन्न कम्पनीको रकम दुरूपयोग गरेको र सम्पत्ति शुद्धीकरणको आरोपमा सीआईबी नियन्त्रणमा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालबारे भइरहेको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स पनि जोडिएको पाइएपछि श्रेष्ठ पक्राउ परेका थिए ।