नेप्से १.६४ अंकले घटेर २७११ विन्दुमा, कारोबार रकममा पनि गिरावट

आज ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । मंगलबार सामान्य अंक बढेर बन्द भएको नेपाल स्टक एक्सेन्ज नेप्से आज भने सामान्य अंक घटेर बन्द भएको हो । बुधबार नेप्से परिसूचक १.६४ अंक घटेर २७११.२२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १३.७४ प्रतिशत बढेको छ । त्यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावरको स्यरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज सर्वाधिक ८.९० प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

आज १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनी सेयर मूल्य भने स्थिर रहेको छ ।