महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद र दिलसुन्दर, वस्तुगतमा नरेशलाल बिजयी
अन्य को-को भए विजयी, एशोसियटको परिणम आउन बाँकी
वस्तुगत समूहतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ वार्षिक साधारणसभासँगै मंगलबार भएको नयाँ कार्यसमितिको निर्वाचनबाट मत परिणाम आउने क्रम जारी छ ।
महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्माले ८७ र दिलसुन्दर श्रेष्ठले ८० मत ल्याएर निर्वाचित भएका छन् । जिल्लानगरका अन्य उपाध्यक्ष उम्मेदवारहरू उमेश डालमिया र कल्पना गैह्रे भने पराजित भए ।
त्यस्तै, महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ ६३ मत ल्याएर विजयी भए । अर्का उम्मेद्वार शिव घिमिरे भने पराजित भएका छन्।
त्यसैगरि जिल्ला नगर खुल्ला केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएको छ । अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छ्त्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की, हरि प्रसाद अर्याल ९२ विजयी भएका छन् । त्यसैगरि महासंघको द्विराष्ट्रिय सदस्यमा मनोज पौडेल विजयी भए ।
त्यस्तै, वस्तुगत समूहतर्फ अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्त बहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होम प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
वस्तुगत समूहको महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी भएकी छन । बस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भए ।