व्यवसायी शेखर गोल्छा रिहा: अदालतद्वारा म्याद थप गर्न अस्वीकार

जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्नका लागि म्याद थप गर्न अस्वीकार गरेसँगै शेखर मंगलबार रिहा भएका हुन् ।

काठमाडौं । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्नका लागि म्याद थप गर्न अस्वीकार गरेसँगै शेखर मंगलबार रिहा भएका हुन् । न्यायाशीध मोना सिंहको इजलासले गोल्छाको म्याद नथपेको हो । गोल्छा सर्वोच्चको परमादेशअनुसार धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै हिजो बीमासम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

बीमा सम्बन्धी मुद्दामा जिल्ला अदालत उपस्थित गराएर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउन जाँदा अदालतले म्याद थप्न अस्वीकार गरेको हो ।