४ दिनमा ९२ अंक घटेको नेप्से मंगलबार सामान्य बढ्यो, कारोबार ३ अर्ब ४३ करोडमा सीमित

यस अघि ४ कारोबार दिन ९२.३३ अकले घटेको बजार मंगलबार झिनो सुधार हुँदै २७१२.८६ बिन्दुमा पुगेको छ ।

काठमाडौं । लगातर ४ कारोबार दिन घटेको सेयर बजार मंगलबार भने समान्य अंकले बढेको छ । गत साता देखि सोमबार सम्म घटेको नेपाल स्टक एक्सेन्ज नेप्से मंगलबार ८. ७८ अंकले बढको हो । निरन्तर घटिरहेको बजारमा सामान्य वृद्धिले लगानिकर्तामा कुनै उत्साह नभएको देखाउछ । यस अघि ४ कारोबार दिन ९२.३३ अकले घटेको बजार मंगलबार झिनो सुधार हुँदै २७१२.८६ बिन्दुमा पुगेको छ ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा कुल ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबार भने ४ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ । त्यस्तै सोलु हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक ९.३१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । 

आज बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १६ कम्पनी सेयर मूल्य भने स्थिर रहेको छ ।