गर्मी बढेसँगै बचतको बहार: दराजको ५.५ बिग समर सेल घोषणा

यस अवधिमा ग्राहकहरूले ८० प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानमा निःशुल्क होम डेलिभरी तथा ५५ लाख बराबरका भौचर जित्ने अवसर पाउनेछन् ।

काठमाडौं । गर्मी बढ्दै जाँदा दिनहरू लामो भइरहेका छन् । यही अवसरलाई लक्षित गर्दै अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित बिग समर सेल (५.५) सार्वजनिक गरेको छ । यस अभियानमार्फत कम्पनीले देशभरका ग्राहकका लागि आकर्षक छुट र विशेष अफरहरू प्रस्तुत गरेको छ । दराज ५.५ बिग समर सेल वैशाख २१ (मे ४) साँझ ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले ८० प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानमा निःशुल्क होम डेलिभरी तथा ५५ लाख बराबरका भौचर जित्ने अवसर पाउनेछन् ।

यस अभियानअन्तर्गत विभिन्न ब्रान्ड साझेदारहरूका विशेष छुट पनि उपलब्ध छन् । प्लेटिनम पार्टनर पिल्ग्रिम र मारिकोका उत्पादनमा १५प्रतिशत सम्म, गोल्ड पार्टनर ब्राण्डहाउस, होनसा र मिनिमलिस्टमा ६० प्रतिशत सम्म तथा सिल्भर पार्टनर र्‍होतो, नुलाइट र एमडब्ल्यूसीका उत्पादनमा ७०प्रतिशत सम्म छुट प्रदान गरिनेछ। साथै, ईसेवा प्रयोगकर्ताका लागि विशेष ‘रश आवर’ अफर पनि रहनेछ ।

दराजले “बेस्ट प्राइस” ट्याग भएका उत्पादनमा २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस लागू गरेको छ । यसअनुसार, यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटेमा, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।

यस बिग समर सेलमा फेशन, सौन्दर्य, घरायसी सामग्री, स्वास्थ्य, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावटलगायत विभिन्न श्रेणीका उत्पादनमा आकर्षक अफर उपलब्ध हुनेछन् ।

कम्पनीले सहज एप अनुभव, विशेष छुट र विविध सुविधासहित घरमै बसेर किनमेल गर्ने अवसरको अधिकतम उपयोग गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। थप जानकारीका लागि दराज नेपालको वेबसाइट, फेसबुक पेज वा मोबाइल एप प्रयोग गर्न सकिने जनाइएको छ ।