दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सोमबार भएको सुनुवाइमा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले आदेश जारी गर्दै प्रतिवादीहरूलाई कारण देखाउन र सम्बन्धित व्यक्तिलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
काठमाडौं । थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सोमबार भएको सुनुवाइमा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले आदेश जारी गर्दै प्रतिवादीहरूलाई कारण देखाउन र सम्बन्धित व्यक्तिलाई बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
भट्टको रिहाइको माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी हुन् । भट्टलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी सीआईबीको हिरासतमा राखिएको छ । साथै धितोपत्र कसुरमा समेत उनको अनुसन्धान सीआइबीले गरिरहेको छ ।