रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

शनिबार भएको भेटमा नेपाल-अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् । शनिबार भएको भेटमा नेपाल-अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

भेटमा अमेरिकी पक्षले नेपालमा बनेको नयाँ सरकारसँग परिवर्तनका लागि महत्वपूर्ण जनादेश रहेको उल्लेख गर्दै साथै सरकारले अघि सारेका सुधारका योजनाहरू आशाजनक देखिएको धारणा पनि व्यक्त गरेको थियो ।

साथै उनले आगामी दिनमा नेपालसँग नजिकबाट सहकार्य गर्दै अघि बढ्ने अपेक्षा राखिएको बताएका थिए ।