राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन् ।
आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । सरकारले यसअघि पठाएका ४ अध्यादेश अझै स्वीकृत हुन बाँकी छ । आजै अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गरेका थिए ।
सरकारले विभिन्न ६ वटा अध्यादेशहरू जारी गर्न शितल निवासमा सिफारिस पठाएकोमा हालसम्म दुईवटा अध्यादेश मात्र जारी भएका हुन् । बाँकी ४ वटा अध्यादेशहरू भने अझै राष्ट्रपति कार्यालयमा ‘होल्ड’ मा रहेका छन् ।