रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा २० जनाको मृत्यु
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएको छ । रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । उद्धार कार्य जारी छ । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।