निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले निर्माण व्यवसायी ऋषिकेश गौलीलाई पक्राउ गरेको छ । पक्राउ परेका गौली आशिष निर्माण सेवा प्रालिका सञ्चालक हुन् । उनलाई बुधबार काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ । पक्राउ छल्न गौली केही दिनयता अस्पताल भर्ना भएका थिए। 

उक्त मुद्दामा हालसम्म १० निर्माण व्यवसायीसमेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।