सुनको मूल्यमा भारी गिरावट: प्रतितोला ३ हजारले घट्यो, चाँदी पनि सस्तियो!

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

यस गिरावटसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो एकै दिनमा भएको ठूलो गिरावट हो।

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।

बजारमा आएको यो गिरावटले लगानीकर्ता तथा उपभोक्ता दुवैमा फरक प्रभाव पार्ने देखिन्छ।