सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिष्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय
सरकारी स्वामित्वको सुरक्षण मुद्रण केन्द्रलाई सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।
काठमाडौं । सरकारी स्वामित्वको सुरक्षण मुद्रण केन्द्रलाई सरकारले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धान गरी व्यापारिक कारोबार गर्ने गरी सार्वजनिक निकायमा सूचीकृत समावेश गर्ने निर्णय गरेको शिक्ष मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने उनको भनाइ छ । त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।