सुनचाँदीको मूल्य वृद्धि, सुन तीन लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर ३ लाख ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।