एफएनसीसीआईको साधारणसभा वैशाख २१–२२ मा, नयाँ नेतृत्व चयन हुँदै
नयाँ कार्यतालिकाअनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ । यस्तै निर्वाचन कार्यक्रम भने वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा आगामी वैशाख २१ र २२ गते हुने भएको छ । महासंघले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि अब नयाँ मिति तय गरिएको हो । नयाँ कार्यतालिकाअनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ । यस्तै निर्वाचन कार्यक्रम भने वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न हुने महासंघले जनाएको छ ।
यसपटकको साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । प्रारम्भिक कार्यतालिका अनुसार निर्वाचन चैतमै हुने तय भए पनि सदस्यता विवाद र कानुनी उल्झनका कारण प्रक्रिया प्रभावित भएको थियो ।