सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अघि बढन दिइने छैन : नारायणप्रसाद दाहाल
अध्यक्ष दाहालले सरोकारवालाहरुको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसदमा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिएका छन् ।
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनैपनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।
साना तथा मझौला व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आईतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कुनैपनि विधेयक सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफ्ती शुरुवात गर्न आफूहरु सफल भएको जनाए । अध्यक्ष दाहालले सरोकारवालाहरुको समस्या, भावना र मनोविज्ञान अनुसार नै संसदमा विधेयकलाई अघि बढाइने आश्वासन समेत दिएका छन् । उनले संसदमा विधेयक आउँदा जसरी आएको भएपनि संसदमा त्यसको विषयमा गम्भिरतापूर्वक छलफल गरेर टुंगो लगाइने पनि बताए ।
त्यस्तै दाहालले संसदमा ४० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व हुनु गर्वको विषय भएको बताएका हुन् ।