सुकुम्बासीहरुको स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श दिइदै
यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएको काठमाडौँ महानगरले जनाएको छ ।
काठमाडौं । व्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।
यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएको काठमाडौँ महानगरले जनाएको छ ।
शनिवार राधास्वामी सत्संग व्यास आश्रममा २३२ जना लगिएकोमा बालाजु क्षेत्रका होटलहरुमा १११ जनालाई व्यवस्थापन गरिएको थियो भने बाँकी आफन्त भेट्ने, कोठा खोज्ने विवरण टिपाएर बाहिर निस्किएका थिए ।